१६ साउन, वीरगञ्ज – आज शुक्रबार कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैया बस्ने ७० वर्षका वृद्ध रहेका छन्।
मृत्यु भएका दुवैजनामा बिहीबार राति नै कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।
योसंगै नेपालमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ५४ पुगेको मन्त्रालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्