Logo

कोरोना संक्रमितको उपचार शुल्क तोकियो



Spread the love

१५ साउन, काठमाडाैँ – कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई सरकारले अनुमति दिएसँगै कोरोना संक्रमितको उपचार शुल्क समेत तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य लक्षण भएका बिरामीहरुका लागि प्रतिदिन ३५ सय, मध्यम जटिल बिरामीहरुको उपचारका लागि ७ हजार र जटिल अवस्थाका बिरामीहरुको उपचार गर्दा १५ हजार निर्धारण गरेको छ ।

अब निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोरोना भाइरस संक्रमितको उपचार गर्नु पर्नेछ । यसअघि कोरोना संक्रमणको उपचार गर्दै आएका निजी अस्पतालहरुले आफूखुसी शुल्क लिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्