Logo

मुत्यु भएका पुरुषकी पत्नीलाई कोरोना सक्रमण पुष्टी



Spread the love

१५ साउन, माेरङ। हिजो बुधबार काेराना भाइरसकाे संक्रमणबाट निधन भएका व्यक्तिकी श्रीमतीलाई पनि काेराेना पाेजेटिभ देखिएकाे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

कोशी अस्पतालको प्रयाेगशालाका अनुसार परीक्षणमा ३२ वर्षीया ती महिलामा काेराेना पुष्टि भएकाे  कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।

मोरङको सुनवर्षी नगरपालिका ८ का उनीहरु केहीदिन अघि भारतबाट आएको बताइएको छ। ती महिलामा श्रीमान्‌बाटै संक्रमण सरेको हुनसक्ने अस्पतालले जनाएको छ।

योसंगै नेपालमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ५२ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्