१४ साउन, काठमाडौँ । काठमाडौँ उपत्यकामा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको छ भने हिजो मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । हिजोको भन्दा आज कोरोना संक्रमण हुनेको संख्या घटेको छ ।
यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्