१४ साउन, धनुषा। प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २२ जना कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा तीन जनाको पीसिआर रिपोर्ट पोजेटिभ आएको छ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका सह-निर्देशक विजय झाले मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । उनले मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा तीन जनामा पोजेटिभ देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्