१५ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामानै संक्रमित भेटिएसंगै उच्च जोखिममा रहेको छ ।
यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् ।
अहिलेसम्म सबैभन्दा बढी संक्रमित भेटिने जिल्लाको सूचिमा रौतहट र कैलाली अगाडि रहेका छन्।
१. रौतहटमा- १,५१२
२. कैलाली- १,०१९
३.दैलेखमा – ९५३
४. महोत्तरीमा- ८३१
५. कपिलवस्तुमा- ८०७
६.डोटी – ७७४
७.सर्लाही -७६७
८. दाङमा- ६९१
९.अछाममा – ६७८
१०. धनुषामा- ६७४
११.बाजुरामा – ६१९
१२. सुर्खेतमा- ५७०
१३.पाल्पामा- ५६८
१४.कञ्चनपुरामा- ५३३
१५. सप्तरीमा ४६३