१२ साउन, काठमाडाैँ। सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड बनाएकाे छ। सुनकाे मुल्य १२ सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो।
आइतबार प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको थियाे। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ।
आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेकाे छ।
प्रतिक्रिया दिनुहोस्