९ साउन, काठमाडौं। सुनचाँदीको मूल्य बढ्ने क्रमले आज पनि निरन्तरता पाएको छ । एकै दिन प्रति तोला एक हजार तीन सय रुपैयाँ बढेर सुनको मुल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
आज छापावाला सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा यो मूल्य अहिलेसम्मकै धेरै हो ।
चाँदीको मूल्य पनि प्रतितोला ११ सय ५० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्