एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले मेक्सिको पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत महिनासम्म सामान्य रहेको मेक्सिक अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।
अहिले संसारमा तिब्र रुपमा फैलिदै गएको कोरोना भाइरस १ नम्बरमा अमेरिका, २ ब्राजिल, ३ रसिया र पछि भारत रहेको छ भने अहिले मेक्सिको विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको ८ ओँ स्थानमा पर्न जान्छ । उक्त देश दिनप्रति दिन कोरोनाबाट मर्नेको संख्या उच्च रहेको छ ।
मेक्सिकमा २४ घण्टा यता ७ सय ९० जनाको संक्रमणबाट ज्यान गएको छ भने ९ हजार भन्दा बढी नयाँ कोरोना संक्रमण भएको देखिएको छ । हिजो को तुलनामा मुत्यु हुनेको संख्या २ गुणाले बढेको छ । मेक्सिकोमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।
मेक्सिकोमा कोरोनाबाट हालसम्म ३ लाख ७० हजार ७ सय १२ जना संक्रमित भएका छन् भने ४१ हजार ९ सय ८ जनाको मृत्यु भएको छ । २ लाख ३६ हजार २ सय ९ उपचारपछि निको भएका छन् ।