Logo

ब्राजिलमा कोरोनाबाट मुत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च, संसारकै सबै भन्दै जोखिम क्षेत्र



Spread the love

८ साउन, एजन्सी –विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोनाबाट भाइरसबाट २२ लाख ३१ हजार भन्दा धेरै संक्रमित भएका छन् भने ८२ हजार ८ सय ९० जनाको मृत्यु भएको छ । १५ लाख ३२ हजार भन्दा धेरैलाई उपचारपछि निको भएका छन् ।

२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट १ हजार २ सय ९३ जनाको मृत्यु भएको छ भने हिजो बुधबार १ हजार ३ सय १६ जनाको ज्यान गएको थियो । हिजोको तुलनामा ३० ले घटेको छ । अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी दास्रो नम्बरमा रहेको छ । जसमा ४२ हजार नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्