९ साउन, काठमाडौं । डेढ महिना अघिदेखि लगातार उकालो लागि रहेको सुनको मूल्य केही दिनयता झन् उकालो लागेको छ ।
सोमबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार ७ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ४० रुपैयाँले बढेर १ हजार ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्