Logo

२४ घण्टा याता १५६ जना कोरोना संक्रमण पुष्टि भएसंगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

४ साउन, काठमाडौं । देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१नमुना परीक्षण गर्दा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टा याता १५६ जना कोरोना संक्रमण देखिएका मध्य सप्तरीमा ३२, कैलालीमा २४ जना, सर्लाहीमा २३ जना, बर्दिया र नवलपरासीमा १०/१० जना, पर्सामा ७ जना, कास्की, लमजुङ र म्याग्दीमा ६/६ जना, बाँके र दाङमा ५/५ ललितपुर, सर्लाही र रौतहट, स्याङ्जा, रुपन्देही र डडेल्धुरामा २/२ सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्युठान र सल्यानमा १/१ जनामा संक्रमण देखिएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६ सय ९५जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्