३ साउन, काठमाडौं । देशभरका प्रयोगशालामा ३ हजार ३३१ नमुना परीक्षण गर्दा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टा याता ५७ जना कोरोना भएका मध्य कैलालीमा १३, मोरङका ९, डोटीका ७, दैलेखका ५, रुकुम पश्चिमका तीन र तेह्रथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेलधुरा र बझाङका २/२ इलाम, झापा, बारा, नुवाकोट, बाग्लुङ, पर्वत, सल्यान र कञ्चनपुरमा एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६३७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट १०३ जना निको भएर डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस्