Logo

नेकपाको केन्द्रीय सचिवालय बैठक सुरु



Spread the love

साउन ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ ।

पार्टीमा अनेक विवाद उत्पन्न भएसँगै सही दिशातर्फ लैजाने उदेश्यसहित दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा बैठक बसेको छ ।

सचिवालय बैठक बस्नुअघि दिउँसो एक बजेबाट ओली र प्रचण्डबीच बालुवाटारमै करिब दुई घण्टा छलफल भएको थियो । बिहीबार ओली, प्रचण्ड र माधवकुमार नेपालबीच बसेको बैठकले भाद्र पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

पछिल्लो समयमा नेकपामा विवाद बढ्दै गएको छ । असार १० बाट सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा प्रमुख एजेण्डा बनेको थियो । स्थायी समितिको बैठक ६ चोटि स्थगित गरेर शीर्ष तहमा मात्र वार्ता हुँदा पनि सहमति भएको छैन ।

प्रचण्ड र ओलीबीच सहमति खोज्ने हिसाबले बालुवाटारमा वान टु वान बैठक भइरहेको छ । तर बैठक बिना निष्कर्ष टुङ्गिंदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्