Logo

कर्णाली प्रदेशमा थप ४ जनामा संक्रमण



Spread the love

साउन ३, काठमाडौं । कर्णाली प्रदेशमा थप ४ जनामा संक्रमण देखिएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार रुकुम पश्चिम र सल्यानमा गरी चार जनामा संक्रमण पुष्टि भएको हो । रुकुम पश्चिमका ३ जना र सल्यानका एक जनामा संक्रमण देखिएको छ ।

यससँगै कर्णाली प्रदेशमा कोरोना भाइरसबाट १ हजार ७ सय ३७ जना संक्रमित भएका छन् जसमध्ये १ हजार ५ सय १० जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

हालसम्म कर्णाली प्रदेशमा ६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्