Logo

मास्क लगाउन अनिवार्य गर्न सक्दैनौँ –ट्रम्प



Spread the love

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक मास्कलाई लिएर विवादित भएका छन् । ट्रम्पले नागरिकका लागि मास्क लगाउनु अनिवार्य गर्न नसकिने बताएका छन् ।

अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फौसीले प्रान्तीय र स्थानीय नेताहरुसँग आफ्नो क्षेत्रमा हरसम्भवत मास्क लगाउनका लागि आग्रह गरेका थिए ।

फौसीले मास्क लगाउनु निकै आवश्यक भएको र सबैले लगाउनु पर्ने बताएका थिए ।

फौसीको आग्रहपछि ट्रम्पले विवादित वयान दिएका हुन् । अमेरिकामा मास्क लगाउनु पनि राजनीतिक मुद्या बनिसकेको छ ।

ट्रम्पले मास्क लगाउन अस्वीकार गर्दै आइरहेका थिए । बितेको शनिबार उनी पहिलो पटक मास्कमा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्