एक्लाे
बालापनदेखि नै होइन म अरूजस्तो
मेरो दृष्टि छैन अन्यको जस्तो
न त मलाइ मिल्ने आवेग नै समान धाराहरूको थ्यो
मेरा दुखहरूको उद्गम थ्यो अरूभन्दा भिन्न
आनन्दी धुनहरूको लागि मेरो हृयमा ठाउँ छैन
र, जसलाई पनि मैले प्रेम गरेँ केवल मैले गरेँ
फेरि मेरो बालापनमा
प्रचण्ड जीवनको बिहानीहरूमा
मैले भेटेँ हरेक सही र गतलका गहिराइहरूमा
एक रहस्य,
जुन अहिले पनि मसँगै अल्झिरहेको हुन्छ
झरी अनि फोकाहरूमा,
पर्वतको उच्च शिखरहरूमा,
बुन्यो सूर्यसँग जसले मलाइ
आफ्नो शरदकालीन सुन्दर सुनौला आभाहरूमा
आकाशमा उड्दै छेवैबाट गुज्रिने बिजुलीसँग
गड्गड्हट र हुरी बताससँग
र, त्यो बादलसँग
जसले रूप धर्यो
मेरो विचार हुँदै दानवको
त्यति बेला बाँकी स्वर्गको रंग निलो देखिन्थ्यो !
मेरी आमोकाे लागि
किनकि मलाइ लाग्छ, माथि स्वर्गमा
एक आपसमा खासखुस गर्छन् यमदूतहरू
भन्दै पाउने छैनन्, उनको प्रेमले प्रज्वलित शब्दहरूको बिच
“आमा” भन्दा अर्को प्यारो शब्द
त्यसैले त मैले तिमीलाई त्यो नामले
धेरै अघिदेखि पुकार्दै आएँको हुँ
मेरा लागि तिमी मलाइ मेरी आमाभन्दा प्रिय छौ
अनि भरिदिन्छौ मेरो अन्तरहृदयलाई तृप्तिले,
जहाँ मृत्युले स्थापित गरिदियो तिमीलाई
मेरो भर्जिनियाको आत्मालाई मुक्त मात्रै गर्नका लागि
मेरी आमा- मेरी आफ्नै आमा उनको मृत्यु छिट्टै भएथ्यो,
उनी मात्रै मेरी आमा थिइन्, तर तिमी
उसको आमा थियौ जसलाई म प्रेम गर्दथे बहुत
यसरी तिमी मलाई ज्यादा प्रिय छ्यौ त्यो आमाभन्दा जसलाई मैले आमा भनेर चिनेको थिएँ
त्यो अनंतताको चालमा मेरी पत्नी
मेरो आत्मालाई प्रिय थियो उसको आफ्नै आत्मा
जीवन भन्दा कहीं अधिक ।