१ साउन, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोनासंक्रमण पुष्टि भएका भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिएका छन् ।
देशभरका २७ वटा ल्याबमा ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टा याता १६७ जाना कोरोना देखिएका मध्य धनुषामा २७, नवलपुरका १७, ओखलढुंगाका १५, कैलाली र कञ्चनपुरका १४/१४ जना, बाँके र डडेलधुराका ८/८ जना, इलाम र दैलेखका ६/६, झापा, सुनसरी र अछामका ४/४ जना, मोरङ, मकवानपुर र सुर्खेतका ३/३ जना, पर्सा, बाग्लुङ, सल्यान र जाजरकोटका २/२ जना तथा काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा १/१ जानामा कोरोना संक्रमण भएको मन्त्रालयका जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २४९ जना निको भएका छन् ।