Logo

२४ घण्टा यता कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

३१ असार, काठमाडौं । बुधबार थप ११६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ ।

पछिल्लो २४ घण्टा याता ११६ जना मध्य सुर्खेतमा २८ संक्रमित थपिएका छन् । सप्तरीका १३, नवलपुरका ११, म्याग्दीका ९, चितवनका ८, काठमाडौंका ७, धनुषाका ६ र रौतहटका ५, कास्की, तनहुँ, सल्यान, दैलेखका ३/३ जना, जुम्ला, डडेलधुरा र सल्यानका २/२ जना तथा धनकुटा, ताप्लेजुङ, मोरङ, नुकाकोट, सिन्धुपाल्चोक धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एकएक जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा काेराेना भाइरसबाट १७ हजार १ सय ७७ पुगेको छ । उनीहरुबाटै ३९ जनाकाे ज्यान गइसकेकाे छ भने संक्रमितमध्ये ११ हजार २५ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्