३१ असार, पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि प्रदेश स्वास्थ्य निर्देशनालयका जनाएको छ । योसँगै गण्डकी प्रदेशमा १ हजार २ सय २८ पुगेको छ भने ९ सय २५ जना निको भएका छन् ।
आज संक्रमित भएका मध्य म्याग्दीका ९, तनहुँका ३, नवलपरासी पुर्वका ११, गोरखाका १ र कास्कीका १ जना रहेका छन् । सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्