३० असार, काठमाडौं । सोमबार थप ११६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ ।
पछिल्लो २४ घण्टा याता ११६ जना मध्य धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना, दाङ र कैलालीका ५/५ जना, पाल्पा र जुम्लाका ४/४, धनकुटा, प्युठान, रोल्पा र अर्घाखाँचीमा ३/३ जना र इलाम, पर्सा, काभ्रे, नवलपरासी पूर्व, काठमाडौं र गोरखामा २/२, झापा, सिरहा, सुनसरी, तेह्रथुम, रौतहट, नुवाकोट, ओखलढुंगा, सिन्धुली, पाल्पा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा १/१ जना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिए छ भने हालसम्म नेपालमा १७ हजार ६१ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ३ सय २८ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्य ३८ जनाको मुत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिए ।