असार ३०, काठमाडाैं । नेपालमा थप ११६ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् ११६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
याेसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १७ हजार ६१ पुगेकाे छ । हालसम्म ३८ जनाले ज्यान गुमाएका छन् भने १० हजार ३२८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस्