एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ९ लाख कटेको छ । हालसम्म भारतमा भाइरसबाट ९ लाख ६ हजार ७५२ जना संक्रमित भइसकेका छन् ।
पछिल्लो समयमा भारतमा कोरोनाको संक्रमण बढ्दै गइरहेको छ । भारतमा २३ हजार ७२७ जनाले ज्यान गुमाइसकेका छन् ।
बितेको २४ घण्टामा भारतमा २८ हजार ४९८ जना संक्रमित भएका छन् भने ५५३ जनाले ज्यान गुमाएका छन् ।
संक्रमितको हिसाबले भारत तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल ।
संक्रमितको संख्या बढेपनि निको हुनेहरुको संख्या पनि बढ्दै गइरहेको छ । हालसम्म ५ लाख ७१ हजार ४६० जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । भारतको रिकवरी रेट ६३.०२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्