Logo

मेलम्चीको सुरुङको गेट फुट्दा पानीमा बगेर २ जना बेपत्ता



Spread the love

असार ३०, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुट्दा दुई जना बेपत्ता भएका छन् ।

मंगलबार दिउँसो १२ः३० बजेतिर पानी भरिएको सुरुङको गेट फुट्दा त्यहाँ कार्यरत ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापमगर र अन्दाजी २५ वर्षका इन्जिनियर सतिस गोहित बेपत्ता भएका छन् ।

केही दिनयताबाट सुरुङमा पानी हालेर परीक्षण भइरहेको छ । सोही परीक्षणका क्रममा सुरुङभित्र निरीक्षण गरिरहेका चार जनालाई पानीले बगाएको थियो । दुई जनाको जिवितै उद्धार भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

दुबै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्