Logo

कोरोना संक्रमण फैलिरहेको बेला ट्रम्प र फौसीबिच मतभेद



Spread the love

एजेन्सी । अमेरिकामा संक्रमण बढ्दै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र सरकारको उच्च जनस्वास्थ्य विशेषज्ञ डा. एन्थोनी फौसीबिच मतभेद भएको छ ।

सोमबार डोनाल्ड ट्रम्पले फेरि कोरोना भाइरसलाई सामान्य ठान्ने प्रयास गरेका छन् । उनले धेरै परीक्षण गरेका हुनाले संक्रमितको संख्या बढेको बताएका थिए ।

यता महारोग विशेषज्ञ फौसी भने भाइरसलाई लिएर निकै चिन्तित भएका छन् । यस्तो लाग्छ कि ट्रम्प र फौसीबिच राम्रो सम्बन्ध छैन । ट्रम्पले भाइरसलाई अवज्ञा गरिरहेका छन् ।

फौसीले स्ट्याण्डफोर्ड यूनिभर्सिटीका एक विशेषज्ञसँग अनलाइन मिटिङको सिलसिलामा हामीले आफ्नो देशमा स्थानीय जनस्वास्थ्य ढाँचालाई बर्बाद हुन दिएको बताएका छन् ।

फाैसीले केही प्रान्तले संक्रमितको संख्या नघट्दै लकडाउन खोलेको भनी आरोप लगाएका थिए ।
तर ट्रम्पका सहयोगीहरुले भने फौसीले धेरै गल्ती गरेको बताएका छन् ।

जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार अमेरिकामा भाइरसबाट ३३ लाख ६४ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने १ लाख ३५ हजार ६१५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्