एजेन्सी । कोरोना भाइरसको संक्रमणले बिरामीको मुटु पनि प्रभावित हुन सक्दछ ।
बेलायतको एडिनबरा यूनिभर्सिटीको एक अध्ययनमा संक्रमितहरुको मुटुमा भाइरसले असर पारेको संकेत मिलेको छ ।
एडिनबरा यूनिभर्सिटीमा ६९ देशका १२०० बिरामीमा यस कुराको अध्ययन गरिएको थियो । १२०० मध्ये आधाभन्दा धेरै बिरामीमा मुटुको अवस्था असामान्य देखिएको छ । यसैगरी १५ प्रतिशत बिरामीमा गम्भीर मुटु रोग देखिएको छ ।
प्रस्तुत अध्ययनका प्रमुख शोधकर्ता प्राफेसर मार्क ड्वेकले अध्ययनबाट संक्रमितको हेरचाह गर्न मद्यत मिल्ने बताएका छन् ।
मार्कले ड्वेकले भने,‘यी बिरामीको मुटुमा गम्भीर समस्या रहेको पाइएको छ । यसबाट उनीहरुको ज्यान बचाउने सम्भावना जोडिएको छ । यस समस्याले गर्दा उनीहरुलाई निको हुन गाह्रो हुन्छ । अब हामीले यी बिरामीको मुटुको राम्रोसँग ख्याल गरी उपचार गर्नुपर्ने हुन्छ ।’
यसभन्दा पहिला कोरोना भाइरसले लामो समयसम्म प्रभाव पार्ने र मस्तिष्कमा पर्ने असरबारेमा चर्चा भएको थियो ।