Logo

संक्रमणबाट ठीक भएपछि कति लामो समयसम्म रहन्छ प्रतिरोधात्मक क्षमता ?



Spread the love

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट निको भइसकेपछि पुनः संक्रमणमा पर्ने आशंका गरिएकाे छ ।

एउटा नयाँ अध्ययनले कोरोना भाइरसको संक्रमणबाट निको भइसकेपछि भाइरसको प्रतिरोधात्मक क्षमता निकै छोटो समयका लागि रहने बताएको छ ।

किङ्ग कलेज लण्डनका वैज्ञानिकहरु कोरोना भाइरसलाई लिएर शरीरले कसरी एन्टीबडी बनाउँछन् ? एन्टीबडी कति लामो समयसम्म रहन्छ भनी अध्ययन गरिरहेका छन् ।

प्रस्तुत अध्ययनमा सहभागी भएका ९६ जना मानिसमा एन्टीबडी पाइएको थियो । ती मानिसले कोरोना विरुद्धको लडाइँ जितेका थिए । तर, तीन महिनापछि एन्टीबडीको स्तर कम हुँदै गयो ।
यद्यपि अहिल्यै एन्टीबडीको स्तर कम हुँदा भाइरसको चपेटामा पुनः आउन सक्ने कुरा स्पष्ट भएको छैन । आशंका भने रहेको वैज्ञानिकहरु बताउँछन् ।

यहीं अध्ययनबाट नै शरीरमा भएको एन्टीबडीको मापन गर्न नसकिने वैज्ञानिकहरु बताउँछन् । यसको मतलब शरीरमा प्रतिरोधात्मक क्षमता छैन । किनभने एन्टीबडीले शरीरलाई सुरक्षित राख्दछ । शरीरले बाहिरी भाइरससँग लड्नका लागि कोशिकाहरु पनि बनाउँदछ ।

प्रतिक्रिया दिनुहोस्