एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोसले यदि केही देशको सरकारले सही कदम नउठाए कोरोना भाइरसको स्थिति झन् बिग्रिने बताएका छन् ।
टेड्रोसले भने,‘जुन देशमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि प्रावधान राम्रोसँग लागू भएको छैन अथवा कम गरिएको छ । त्यहाँ डरलाग्दो तरिकाले संक्रमण बढिरहेका छन् । स्पष्टसँग भन्नुपर्दा केही देश गलत दिशामा अगाडि बढिरहेका छन् ।’
‘कोरोना भाइरस अझै पनि मानिसको लागि दुश्मन नै बनेको छ । तर, केही देशका सरकार र त्यहाँका नागरिकहरुले यस खतरालाई लिएर सावधानी अपनाएका छैनन् ।’ टेड्रोसले थपे ।
उनले केही नेताले विश्व स्वास्थ्य संगठनको प्रभाव कम गर्न लागि परेको पनि आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्