Logo

कर्णाली प्रदेशमा थप ४७ जनामा संक्रमण



Spread the love

असार २९, काठमाडौं । कर्णाली प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ४१ जना, जाजरकोटका १ जना, बाँकेका १ जना, दैलेखका २ जना र रुकुमपश्चिमका २ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै प्रदेशमा संक्रमित हुनेहरुको संख्या १ हजार ६६३ पुगेको छ ।

कर्णालीमा कोरोना भाइरसबाट ६ जनाले ज्यान गुमाइसकेका छन् भने १ हजार ४५५ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्