Logo

तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेहरुको संख्या ६ पुग्यो



Spread the love

असार २९, काठमाडौं । तनहुँमा पहिरोमा पुरिएर मर्नेहरुको संख्या ६ पुगेको छ । अविरल वर्षाका कारण पहिरोमा परेर जिल्लाको व्यास नगरपालिका ९ माझफाँटमा चार जना, ऋषिङ गाउँपालिका ८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका ६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मर्नेहरुमा व्यास नगरपालिका ९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र २१ वर्षीया छोरी अञ्जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी अस्पताल ल्याइएको छ ।

यसै गरी माँझफाँटकै ७० वर्षीया वृद्धा मैतकुमारी घर्तीको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । बेलौतेडाँडा बस्ने १७ वषीर्या लक्ष्मी विकको मृत्यु भएको छ । पल्ट्याङमा पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ भने बाँकी चार जना बेपत्ता भएका छन् ।

बेपत्ता भएकाहरुको खोजी कार्य तीव्र भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्