एजेन्सी । बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिज कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना संक्रमित भएको पुष्टि भएपछि उनी अस्पतालको आइसोलेशनमा बसेका छन् ।
अहिले ओर्टाजको उपचार चलिरहेको छ । उनी गएकाे मंगलबारमात्र अर्थमन्त्री बनेका थिए । उनले सानाे भिडियाे क्लिप सार्वजनिक गर्दै काेराेना संक्रमण भएकाे जानकारी गराएका थिए ।
कोरोना भाइरसबाट संक्रमित हुने उनी बोलिभियाका चौथो मन्त्री हुन् । यसभन्दा अगि स्वास्थ्य, खनिज मन्त्री र राष्ट्रपति संक्रमित भइसकेका छन् ।
बोलिभियामा कोरोना भाइरसबाट ४७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने १ हजार ७५४ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्