Logo

भारतका केही समाचार च्यानलबाहेक अन्य खुला



Spread the love

असार २९, काठमाडौं । भारतका केही समाचार च्यानलबाहेक अन्य खुला गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई लिएर अफवाह फैलाएको भनी केही दिन अगाडि भारतीय समाचार च्यानल बन्द गरिएको थियो ।

आजतक, जीन्यूज, एबीपी न्यूज, इण्डिया टिभीलगायतका ६ वटा च्यानल बन्द गरिनेछ ।

सबै च्यानल बन्द गर्न नसकिने सेवा प्रदायकहरु बताउँछन् । उनीहरुले ग्राहकको माग र आम्दानीको स्रोत भएकाले बन्द गर्न नमिल्ने जनाउँछन् ।

नेपालबारेमा भ्रामक समाचार फैलाएको भनी गएको बिहीबार रातिदेखि भारतीय समाचार च्यानलमा प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्