एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोना कहर बढिरहेको छ । बितेको २४ घण्टामा भारतमा २८ हजार ७०१ जना संक्रमित भएका छन् । भारतमा पहिलो पटक यति धेरै संख्यामा संक्रमित भएका हुन् ।
हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८ लाख ७८ हजार २५४ पुगेको छ । बितेको २४ घण्टामा कोरोना भाइरसबाट ५०० जनाको ज्यान गएसँगै मर्नेहरुको संख्या २३ हजार १७४ पुगेको छ ।
संक्रमितको संख्या बढिरहेपनि निको हुनेहरुको संख्या पनि बढिरहेको छ । संक्रमितमध्ये ५ लाख ५३ हजार ४७१ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
महाराष्ट्र प्रदेश सबैभन्दा धेरै प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्