Logo

तनहुँमा पहिरोमा परी २ जनाको मृत्यु, पाँच जना बेपत्ता



Spread the love

असार २९, काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोमा परी तनहुँमा दुई जनाको ज्यान गएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

जिल्लाको म्याग्दे गाउँपालिका ६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा १७ वर्षीय लक्ष्मी विकको ज्यान गएको छ । यसै गरी व्यास नगरपालिका ७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ऋषिङ गाउँपालिका ८ पल्ट्याङमा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुने सबै एकै परिवारका सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्