एजेन्सी । कोरोना भाइरसलाई फैलिनबाट रोक्नका लागि दक्षिण अफ्रिकाले रक्सीमा प्रतिबन्ध लगाएको छ ।
यसका साथै सरकारले सोमबारबाट रातको समयमा कर्फ्यु लगाउने, घरबाहिर निस्कंदा मास्क अनिवार्य रुपमा लगाउनुपर्ने बताएको छ ।
यसभन्दा पहिला पनि रक्सीमा प्रतिबन्ध लगाइएको थियो । रक्सीमा प्रतिबन्ध लगाउँदा देशको स्वास्थ्य व्यवस्थामा दबाब कम पर्ने राष्ट्रपतिले बताएका छन् ।
दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट २ लाख ७६ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
सरकारले गरेको अनुमान अनुसार यो सालको अन्त्यसम्म ५० हजारभन्दा धेरैको ज्यान जान सक्छ ।
प्रतिक्रिया दिनुहोस्