२८ असार, काठमाडाैँ – नेपालमा कोरोना केही समय सक्रिय भएर पुनः निष्क्रिय भएको बताइए पनि दाङ, बागलुङ र जुम्लामा सलहको नयाँ झुण्ड देखिएको छ ।
सलह सूचना केन्द्रले दिएको जानकारी अनुसार आइतबार बिहान साढे ९ बजे दाङको गडवामा बसेको सलहको एउटा ठूलो झुण्ड भारतबाट आजै नेपाल प्रवेश गरेको र अन्य दुई झुण्ड भने पहिल्यै नेपाल भित्रिएका सलह पुनः सक्रिय भएको छ ।
सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीका अनुसार सलहको एउटा झूण्ड दाङ जिल्लाको गढवा गाउँपालिकाकामा बसेको छ । सो स्थानमा देखिएको सलहको झुण्ड ल्याण्ड नगरी उत्तरतर्प उडेकाले उत्तरी जिल्लाहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सलह सुचना केन्द्रका अनुसार सो सलहको झुण्ड ठूलो रहेको छ ।
दाङ सहित बागलुङ र जुम्लाका विभिन्न ठाउँमा सानो संख्यामा सलहको झुण्ड देखिएको सूचना केन्द्रलाई प्राप्त भएको बताइएको छ ।
यसअघि प्युठानमा सलहले धेरै कृषकको बालिनालीमा क्षति पुर्याएको थियो ।