२८ असार, काठमाडौँ। पछिल्लो २४ घन्टामा थप ८२ जना कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
२४ घण्टा यता कोरोना संक्रमण भएका मध्य धनुषामा १९, सुर्खेतमा ११, कालीकोटमा ७, पर्वतमा ६, काठमाडौं,चितवनमा ५/५ , मोरङ, बाग्लुङ, पर्वत, लमजुङ, रुकुम पश्चिम, डडेलधुरा, कैलाली र दार्चुलामा २/२ झापा, सर्लाही, सिन्धुपाल्चोक, सोलुखुम्बु, नवलपुर, स्याङजा, ललितपुर, गोरखा, गुल्मी, पाल्पा, दैलेख, बझाङमा १ /१ जनामा संक्रमण थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ हजार ८०१ पुग्यो पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ३८ जनाकाे मृत्यु भएकाे छ । यसैगरी संक्रमितमध्ये आठ हजार १७४ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्