असार २८, काठमाडौं । संघीय समाजवादी पार्टीकी पूर्व सांसद तथा पार्टीको साधारण सदस्य सरिता गिरीले आफूलाई सांसद पद र पार्टीको साधारण सदस्यबाट हटाएको भनी सर्वोच्चमा रिट दायर गरेकी छिन् ।
सांसद र पार्टीबाट निकाल्ने निर्णय अवैधानिक भएको भन्दै गिरीले आइतबार दिउँसो सर्वोच्चमा रिट दायर गरेकी हुन् ।
गिरीले नेपालको नयाँ नक्साको विरोध गरेकी थिइन् । नयाँ नक्साको विरोधसँगै उनी विवादमा मुछिएकी थिइन् । यति मात्र नभइ उनले नेपालको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक ल्याएपछि संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्