असार २८, काठमाडाैं । नेपालमा थप ८२ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् ८२ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ हजार ८०१ पुग्यो पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ३८ जनाकाे मृत्यु भएकाे छ । यसैगरी संक्रमितमध्ये आठ हजार १७४ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्