एजेन्सी । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको कोरोना भाइरस छोटो अवधिमै विश्वभर फैलिसकेको छ । जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार कोरोना भाइरसबाट विश्वभर १ करोड २७ लाख भन्दा धेरै संक्रमित भइसकेका छन् । यसैगरी कोरोना भाइरसबाट मर्नेहरुको संख्या ५ लाख ६५ हजार भन्दा धेरै रहेको छ ।
कोरोना भाइरबसाट सबैभन्दा बढी प्रभावित अमेरिका रहेको छ । अमेरिकामा कोरोना भाइरसबाट ३२ लाख ४७ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने १ लाख ३४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा १८ लाखभन्दा धेरै संक्रमित रहेका छन् भने ७१ हजारभन्दा धेरैको ज्यान गएको छ ।
संक्रमितको हिसाबले भारत तेस्रो स्थानमा रहेको छ । भारतमा हालसम्म ८ लाख ४९ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने २२ हजारभन्दा धेरैको ज्यान गएको छ ।
रुसमा संक्रमितको हिसाबले चौथो स्थानमा रहेपनि मृत्युदर भने निकै कम रहेको छ । रुसमा हालसम्म ११ हजार ३१८ जनाले ज्यान गुमाएका छन् ।
अमेरिका र ब्राजिलपछि धेरैको मृत्यु बेलायतमा भएको छ । बेलायतमा ४४ हजार ८८३ जनाले ज्यान गुमाइसकेका छन् ।