एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक सार्वजनिक स्थानमा मास्क लगाएका छन् ।
ट्रम्पले वासिंगटनको नजिक रहेको वाल्टर रीड नेशनल मिलिटेरी मेडिकल सेन्टरमा जाँदाखेरि मास्क लगाएका हुन् । उनले मेडिकल सेन्टरमा घाइते भएका सैनिक र स्वास्थ्यकर्मीलाई भेटेका थिए ।
यसभन्दा पहिले ट्रम्पले सार्वजनिक स्थानमा मास्क लगाउन बारम्बार अस्वीकार गरेका थिए ।
हालचाल आफ्ना राजनीतिक प्रतिद्धन्दी जो बिडेनले मास्क लगाएको भनी उनले टिप्पणी गरेका थिए । अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ ।
जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार अमेरिकामा कोरोना भाइरसबाट ३२ लाख ४७ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने १ लाख ३४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्