Logo

क्वारेन्टाइनमा बसेका ६६ वर्षीय पुरुषको मृत्यु



Spread the love
प्रतीकात्मक तस्वीर

असार २७, तनहुँ । तनहुँमा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको भानु नगरपालिका ५ मैबलको शारदा क्वारेन्टाइनमा रहेका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी भारतबाट आइ क्वारेन्टाइनमा बसेका थिए । उनमा दम, मधुमेह, उच्च रक्तचाप र प्यारालाइसिसजस्ता समस्याबाट पीडित थिए । उनी बेहाेस भएपछि उपचार गर्नका लागि पोखरा लैंजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

उनको स्वाब संकलन गरी परीक्षणको लागि पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्