Logo

गण्डकी प्रदेशमा थप १४ जनामा संक्रमण



Spread the love

असार २७, काठमाडौं । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालले अनुसार ५ जिल्लाका १४ जनामा भाइरस संक्रमणको पुष्टि भएको बताएको छ ।

संक्रमितहरु कास्की, तनहुँ, म्याग्दी, स्याङ्जा र बागलुङका रहेका छन् । संक्रमितहरुलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेशनमा लैजाने तयारी भइरहेको छ ।

आज भेटिएका १४ जना संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ हजार १ सय ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्