Logo

लकडाउन खोल्न हतार भयो– डा. एन्थोनी फौसी



Spread the love


एजेन्सी । अमेरिकाका राष्ट्रिय एलर्जी तथा संक्रामक रोग संस्थाका प्रमुख डा. एन्थोनी फौसीले अमेरिकाका केही राज्यले लकडाउन खुकुलो पार्न हतार गरेको बताएका छन् ।

अमेरिकाका केही राज्यहरुले संक्रमणको जटिल अवस्थामा पनि लकडाउन खोलेका थिए । जसले गर्दा अमेरिकामा संक्रमितको संख्या घट्न सकेको छैन ।

शुक्रबार अन्तरराष्ट्रिय एड्स संघको बैठकमा बोल्दै फाउचीले केही हदसम्म हावाबाट भाइरस सर्न सक्ने जनाएका थिए ।

यसभन्दा अगि बिहीबार उनले हावाबाट सर्ने कुरामा बलियो प्रमाण नभएको तर सर्न सक्ने सम्भावना रहेको बताएका थिए ।

भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । हालसम्म अमेरिकामा कोरोना भाइरसबाट ३१ लख ८४ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने १ लाख ३४ हजार ९७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्