असार २७, काठमाडौं । नेपालमा थप एक जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।
६० वर्षीय पुरुषको शुक्रबार बेलुका मृत्यु भएको अस्पतालका निर्देशक बिष्णु शर्माले बताएका छन् ।
उनी मृगौला पीडित थिए । दस दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनकाे कोरोना परीक्षण गर्दा पोजेटिभ आएको शर्माले जनाएका छन् ।
यससँगै नेपालमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या ३६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्