Logo

भारतमा संक्रमितको संख्या ८ लाख कट्यो



Spread the love

एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८ लाख २० हजार ९१६ जना संक्रमित भइसकेका छन् ।

संक्रमितमध्ये २ लाख ८३ हजार ४०७ जनाको उपचार चलिरहेको छ भने ५ लाख १५ हजार ३८६ मासिन निको भइसकेका छन् ।

बितेको २४ घण्टामा भारतमा २७,११४ जनामा संक्रमण देखिएको छ । यो हालसम्मकै उच्च संक्रमित संख्या हो । बितेको २४ घण्टामा ५१९ जनाले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोनाबाट २२,१२३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्