Logo

चितवनमा खोलाले बगाएर एक युवकको मृत्यु



Spread the love

असार २७, काठमाडौं । चितवनको माडीमा खोलाले बगाउँदा ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।

बिहीबारदेखि परेको वर्षाका कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान प्रहरीले गरेको छ । उनको शव माडी नगरपालिका ७ हरिनगरमा भेटिएको थियो ।

लगातार वर्षाका कारण चितवनमा विभिन्न संरचनाहरु क्षतविक्षत भएका छन् । भरतपुर महानगरपालिका २७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ ।

यसैगरी भरतपुर महानगरपालिका ११ भोजाडमा रुखले घर थिचेको छ । घरमा भने सामान्य क्षति भएको प्रहरीले जनाएको छ । यज्ञपुरीमा पनि रुख ढलेर घरमाथि परेको हुनाले अहिले पन्छाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्