Logo

२४ घण्टा याता कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

 २६ असार, काठमाडौँ। पछिल्लो २४ घन्टामा थप १२० जना कोरोनामुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

काठमाडौंमा २८, ललितपुरमा १३, सुर्खेतमा ११, सर्लाही र तनहुँमा ८/८ जना, गुल्मीका ६ जना र धनुषा, महोत्तरी र पाल्पाका ४/४, इलाम, पाँचथर, सिराहा, काभ्रे, रौतहट, बाग्लुङ, नवलपरासी र दैलेखका २/२ जना तथा रसुवा, डोटी, चितवन, बाँके, भक्तपुर, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुर, धादिङ, कैलाली, गोरखा, बाजुरा, डोल्पा र सल्यानमा १/१ जना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यससँगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ८ हजार ११ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्