Logo

भारतमा एकैदिन २६ हजारभन्दा धेरै संक्रमित



Spread the love

एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसबाट एकैदिनमा २६ हजारभन्दा धेरै संक्रमित भएका छन् । बितेको २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २६ हजार ५०६ जना संक्रमित भएका छन् भने ४७५ जनाको ज्यान गएको छ ।

हालसम्म भारतमा कोरोना भाइरसबाट ७ लाख ९३ हजार ८०२ जना संक्रमित भइसकेका छन् भने २१, ६०४ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैगरी ४ लाख ९५ हजारभन्दा धेरै संक्रमित निको भइ घर फर्किसकेका छन् । भारत विश्वको तेस्रो प्रभावित राष्ट्र बनेको छ । पहिलाे स्थानमा अमेरिका रहेकाे छ भने दाेस्राेमा ब्राजिल ।

प्रतिक्रिया दिनुहोस्