असार २६, काठमाडौं । जम्मु कश्मिरमा गोली लागेर भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।
शुक्रबार जम्मु कश्मिरको रजौरी जिल्ला नौसेरा सेक्टरस्थित एलओसीमा पाकिस्तानी सेनाको गोली लाग्दा हवल्कार सम्बर गुरुङको मृत्यु भएको हो ।
भारतीय मिडियाका अनुसार गुरुङ गोली लागेर गम्भीर घाइते भएका थिए । भारतीय सेनाले गुरुङप्रति समवेदना व्यक्त गरेको छ ।
हवल्कार गुरुङको घर प्रदेश नम्बर पाँचको पहाडी जिल्ला गुल्मी रहेको खुलासा छ । एक महिनामै भारतीय सीमा क्षेत्रमा दुई नेपालीले ज्यान गुमाइसकेका छन् । यसभन्दा अगि असार ८ गते जम्मु कश्मिरमा गुल्मीका हवल्दार दीपक कार्कीले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया दिनुहोस्